Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडौंका तीनसहित थप १४ जनाको मृत्यु 

काठमाडौं, भदौ १९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा....
कोरोना संक्रमणबाट काठमाडौंका तीनसहित थप १४ जनाको मृत्यु 

काठमाडौं, भदौ १९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको जानकारी दिए।  

उनका अनुसार काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला तथा सप्तरी ५५–५५ वर्षीय, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, 
प्यूठानका ५८, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।  योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७१ पुगेको छ। 

यस्तै, शुक्रबार नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २५ हजार ५६१ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर १३५४ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्