Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित

काठमाडौं, भदौ १९ :  काठमाडौं उपत्यकामा थप  ४५४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४५४  जनामा कोरोनाको संक्रमण...
काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित

काठमाडौं, भदौ १९ :  काठमाडौं उपत्यकामा थप  ४५४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४५४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंका ३८६ , ललितपुरका ३२  र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यस्तै, शुक्रबार नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २५ हजार ५६१ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर १३५४ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्