Kathmandu Press

मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन- मन्त्रिपरिषद् पुनर्गठन हुँदैन, ढुक्कले काम गर्नुस्

‘मन्त्रिपरिषद पुनर्गठन हुने हल्ला मात्रै हो,’ उनले मन्त्रीहरुलाई निर्देशन दिँदै भने,‘तपाईँहरु ढुक्कले काम राम्रो काम गर्नुस्।’ 
मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन- मन्त्रिपरिषद् पुनर्गठन हुँदैन, ढुक्कले काम गर्नुस्

काठमाडौं, भदौ १९ :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिष्द् पुनर्गठन तत्काल नहुने बताएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका हुन्।

‘मन्त्रिपरिषद पुनर्गठन हुने हल्ला मात्रै हो,’ उनले मन्त्रीहरुलाई निर्देशन दिँदै भने,‘तपाईँहरु ढुक्कले काम राम्रो काम गर्नुस्।’ 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनगर्ठनको हुन लागेको भन्ने हल्लाका पछि नलाग्न पनि आग्रह गरे। ‘कसरी यस्तो हल्ला आउँछ। तपाईहरु मन्त्री हुनुहुन्छ अब ढुक्कले काम गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्रृत गर्दै एक मन्त्रीले भने।

उनले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पार्टीभित्र कुनै छलफल नभएको पनि बताएका छन्। 

अध्यक्षद्वयबीचको विवाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यकदलले आफ्नो प्रतिवेदनमा मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ। तर, मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भने नेकपा सचिवालय बैठकमा छलफल सुरु भएको छैन।
 
प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्