Kathmandu Press

अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने

अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने

काठमाडौं, भदौ १९ : अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन्। 

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. खतिवडाले आजै साँझसम्ममा राजीनामा दिने बताएका हुन्।  अर्थ मन्त्रालयसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका खतिवडाको कार्यकाल शनिबारदेखि सकिँदैछ।

दुई वर्षका लागि राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका खतिवडाको कार्यकाल गत फागुन २० मै सकिएको थियो। तर, संघीय सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने संवैधानिक प्रावधान अनुसार फेरि अर्थमन्त्रीमा नियुक्त भएका थिए। 

बिहीबार बसेको सत्तासीन दल नेकपाको सचिवालय बैठकले रिक्त रहेको राष्ट्रिसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत गर्ने निर्णय गरेपछि खतिवडाको मन्त्री भइरहने चाहना समाप्त भएको थियो। 

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्