Kathmandu Press

रुपन्देहीमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

रुपन्देही, भदौ १९ : रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ।होम आइसोलेसनमा बसेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय...
रुपन्देहीमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

रुपन्देही, भदौ १९ : रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ।

होम आइसोलेसनमा बसेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ साहका अनुसार उनी मिर्गौला रोगबाट पीडित थिए।

उनी चितवनमा मिर्गौलाको डायलासिस गर्दै आएका थिए। शुक्रबार बिहान ८ बजे डायलासिस गरेर फर्केका उनको घरमै मृत्यु भएको हो।
 

प्रकाशित मिति: १४:२५ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्