Kathmandu Press

गृहमन्त्री राहतसहित पुगे बागलुङको बाढी प्रभावित क्षेत्र

काठमाडौं, भदौ १९ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोलीले बागलुङको बाढी ग्रस्त क्षेत्रमा पुगेको छ। राहतसहितको टोली शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका वडा नं....
गृहमन्त्री राहतसहित पुगे बागलुङको बाढी प्रभावित क्षेत्र

काठमाडौं, भदौ १९ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोलीले बागलुङको बाढी ग्रस्त क्षेत्रमा पुगेको छ। राहतसहितको टोली शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा स्थलगत निरीक्षणको लागि पुगेको हो।

टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन्।

बिहीबार नै राहतसहित हिँडेको टोली खराब मौसमको कारण प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको थियो। 


 

प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, भदौ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्