Kathmandu Press

कोइरालाले भने– देउवालाई तारे होटलमा भेटेको छैन 

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको...
कोइरालाले भने– देउवालाई तारे होटलमा भेटेको छैन 

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने कुराको खण्डन गरेका छन्। 

वीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको र तथ्यहीन हल्लाका पछि नलाग्न आग्रह गरेका हुन्। उनले पार्टीको आगामी १४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनीभूत छलफल हुनुपर्ने बताए।  

महामन्त्री कोइरालाले कोभिड–१९ का कारण केही महिना सारेर भए पनि यथासक्य छिटो महाधिवेशन गनुको विकल्प नभएको बताए।  साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताए। 

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्