गण्डकी प्रदेशका थप ४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ १९ : गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये पोखराका १६, तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र...
काठमाडौं, भदौ १९ : गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये पोखराका १६, तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक एक र नवलपरासीका १७ जना रहेका छन्।
संक्रमितमध्ये सात जना नेपाल प्रहरीमा कार्यरत रहेका छन्।
योसहित गण्डकी प्रदेशमा कोरोन संक्रमितको संख्या दुई हजार तीन सय ५२ पुगेको छ।
प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











