Kathmandu Press

धनुषामा मृत भेटिएका भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १९ : धनुषामा कोरोना संक्रमणबाट एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्युपछि गरिएकाे परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो। क्षिरेश्वरनाथ नगरपालिका ३...
धनुषामा मृत भेटिएका भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १९ : धनुषामा कोरोना संक्रमणबाट एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्युपछि गरिएकाे परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो। 

क्षिरेश्वरनाथ नगरपालिका ३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत एक मजदुरको १७ गते राति मृत्यु भएको थियो।

भारतको आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुषमा केही दिन अघि ज्वरो र झाडापखाला लागेको थियो।

भदौ १८ गते बिहान शव फेला परेको उनको प्रादेशिक प्रयोगशाला जनकपुरधामम्ँ स्वाब परीक्षण गरिएको थियो। उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्