Kathmandu Press

कोरोनाबाट केन्द्रीय कारागारका तीन कैदीको मृत्यु

काठमाडौं, भदौ १९ : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावास क्यारेबियन प्रिमियर लिग (सीपीएल)कोसेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको...
कोरोनाबाट केन्द्रीय कारागारका तीन कैदीको मृत्यु

काठमाडौं, भदौ १९ : तीन दिन अघि मृत्यु भएका केन्द्रीय कारागार, सुन्धाराका तीनै जना कैदीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

केन्द्रीय कारागारका तीन कैदीको भदौ १ट गते वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना पोजिटिभ देखिएको केन्द्रीय कारागारले जनाएको छ।

मृत्यु हुने तीन कैदीहरु पाल्पाका ५८ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष र सिरहाका ६४ वर्षीय पुरुष रहेका छन्। बिहीबार राति आएको रिपोर्टमा तीनै जनालाई कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। उनीहरु तीनै जना दिर्घरोगी रहेको जनाएको छ।

यस अघि पनि एक जना कैदीको कोरोनाबाट मृत्यु भएको थियो। कञ्चनपुरका ४१ वर्षीय कैदीको मेघा अस्पतालमा उपचारका क्रममा भदौ १६ गते मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुने कैदीको संख्या चार पुगेको छ।

अहिलेसम्म केन्द्रीय कारागारमा रहेका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ। उनीहरुको सम्पर्कमा आएका थप दुई सय १० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ। त्यसको रिपोर्ट आज आउने जेलर बाँस्कोटाले बताए।

केन्द्रीय कारागारमा कोरोना संक्रमण भएपछि थप सतर्कता अपनाइएको छ। बाहिरभित्र गर्न रोकिएको छ भने एउटा ब्लकका कैदीलाई अर्को ब्लकमा जान रोक लगाइएको छ।

प्रकाशित मिति: ११:५२ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्