Kathmandu Press

सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

काठमाडौं, भदौ १९ : सामूहिक बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीमाथि...
सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

काठमाडौं, भदौ १९ : सामूहिक बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र २३ वर्षीय रतनबहादुर शाहीलाई पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक युवतीमाथि सामुहिक बलात्कार भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए।

दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने उनले बताए। यसमा थप अनुसन्धान भइरहेकाे  प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्