Kathmandu Press

सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिउँ : काँग्रेस 

सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिउँ : काँग्रेस 

काठमाडौं, भदौं १९ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले बिहिबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीय र प्रहरी बीच भएको हिंसात्मक झडपको घटनाप्रति दुख ब्यक्त गरेको छ ।

दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहिबार साँझ एक बिज्ञप्ति जारी गर्दै उक्त हिसांत्मक झडपप्रति दुख व्यक्त गर्दै कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्ष लाई वार्ता एवं सम्वादको माध्यमबाट सहमति कै आधारमा निकास खोज्न सबै समक्ष आग्रह समेत गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ, ‘सदियौं देखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन् । यसको हामी सबैले सम्मान एवं जगेर्ना गर्नु हाम्रो दायित्व तथा कर्तव्य हो । ’

तर हाल देश नै कोभिड १९ महामारीको कारण आक्रान्त रहेको अवस्थामा परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्ष बीच आवश्यक समन्वय हुनु जरुरी भएपनि समन्वय अभावको कारण आजको दुःखद परिस्थिति सृजना भएको काँग्रेसको ठहर छ ।  

प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्