Kathmandu Press

देशभरका निजी प्राबिधिक शिक्षालय चरणबद्ध आन्दोलनमा, प्रधानमन्त्रीलाई पठाईयो ज्ञापन पत्र 

काठमाडौं, भदौं १९ : राष्ट्रिय चिकित्सा आयोगले रास्ट्रिय चिकित्सा एनको मर्म विरुद्ध हाल संचालित सस्थाहरुलाइ कुनै स्पष्ट आधार बिना नै साउन  ९ गते...
देशभरका निजी प्राबिधिक शिक्षालय चरणबद्ध आन्दोलनमा, प्रधानमन्त्रीलाई पठाईयो ज्ञापन पत्र 

काठमाडौं, भदौं १९ : राष्ट्रिय चिकित्सा आयोगले रास्ट्रिय चिकित्सा एनको मर्म विरुद्ध हाल संचालित सस्थाहरुलाइ कुनै स्पष्ट आधार बिना नै साउन  ९ गते गरेको निर्णयले देशभर सिटिइभि अन्तर्गतको टि.एस.एल.सि. लेबलको  सि.एम.ए, अ.न.मि.,ल्याब आशिष्टेन्ट, आयुर्वेद लगाएतका कार्यक्रम फेज आउट  गर्ने निर्णय भएसँगैं यति बेला उक्त कार्यक्रम सन्चालन गर्ने देशै भरका सम्पुर्ण सस्थाहरुले बिभिन्न माग राख्दै आन्दोलनरत छ्न । 

हाल कोभिड १९ को कारण देशको यस्तो विसम परिस्थितिमा सरकारी मापदण्डलाई मध्यनजर गरेर शान्तिपूर्बक आफ्नो न्यायको लागी विभिन्न चरणका कार्यक्रम गर्दै आएका छ्न । सोही अनुसार बिहिबार पनि कास्की लगाएत देसभरिका जिल्ला प्रशासनबाट जिल्ला प्रमुख अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाइ ज्ञापन पत्र बुझाएको छ ।  

ज्ञापन पत्र बुझाउदै गण्डकी टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष एवं निजि प्राबिधिक शिक्षालय महासंघ, गण्डकी प्रदेशका सचिव ध्रुव शर्माले आफूहरु राष्ट्रिय चिकित्सा आयोगको यो बिभेदकारि, अन्यायपुर्ण, अमानवीय निर्णयको विरुद्ध राष्ट्रब्यापी आन्दोलनका विभिन्न चरणमा रहेको जानकारी दिए । 

उनले भने, ‘हामीले देशको अहिलेको यस्तो  परिस्थितिमा सम्यम भएर कोरोनाको सरकारी मापदण्डमा रहेर शान्तिपूर्ण बिरोध कार्यक्रम गरिरहेका छौ ।’ राज्यले यस शान्तिपुर्बक गरिएको कार्यलाई कमजोरीको रुपमा ठानेर हाम्रो आवाज नसुन्ने काम गरे बिरोधका कार्यक्रमको स्वरुप फरक हुने र  त्यस्को परिणाम पनि फरक नै आउने चेतावनी समेत दिए । 

महासंघले सुरुको चरणमा सार्बजनिक रुपमा पत्रकार सम्मेलन गरेर बिज्ञप्ति जारी गरेको थियो भने दोश्रो चरणमा केन्द्रिय स्तरमा प्रधानमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय चिकित्सा आयोग, सिटिइभिटी, लगाएत सातै प्रदेशको सामाजिक सुरक्षा मन्त्री, मुख्य मन्त्री, सिटिइभिटी प्रदेश कार्यालय लगाएत सरोकार वाला निकायहरुमा ज्ञापन पत्र बुझाएको थियो भने तेस्रो चरण अन्तर्गत आज देशै भरिका उक्त सस्थाहरुले आ-आफ्नो जिल्लामा सिडियो मार्फत प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् । 

अबको कार्यक्रम सरकारको धारणा र निर्णय अनुसार छलफल गरि बैठक बसेर आवश्यक निर्णय लिने र आफ्नो न्यायोचित माग र अस्तित्वको लागि अन्तिम सम्म पनि संघर्ष गरि देशभरिका सम्पुर्ण विद्यार्थी, अभिभावक तथा सास्था सन्चालकलाइ न्याय दिलाउनमा महासंघ प्रतिबद्ध रहेको महासंघ केन्द्रिय महासचिव दुर्गा भुसालले जानकारी गराए ।

देशभर हाल १३७ सस्थाले बार्षिक १२००० स्वास्थ कर्मी उत्पादन गर्दै आइरहेको छ भने उक्त स्वास्थ्यकर्मी नै देशभर गाउँ गाउँमा गएर स्वास्थ्य सेवा गरिरहेका छ्न र हाल विश्वब्यापी कोरोना महामारीमा मुख्य गरि अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी पनि यीनै रहेका छन्। हाल गाउँको स्वास्थ चौकी इन्चार्ज देखि लिएर महानगरका स्वास्थ शाखा इन्चार्जको रुपमा यिनै स्वास्थ्यकर्मी कार्यरत छ्न । यसरी उत्पादित दक्ष जनशक्ति लोकसेवा, अस्थाई, करार गरि ९५% भन्दा बढी स्वरोजगार भएका छ्न ।

देशमा १३७ सस्थाको करिब १० अर्ब लगानी रहेको छ भने राज्यलाई बार्शिक करिब ५ करोड रुपैया कर तिरिरहेका छ्न । यसैगरी प्रत्यक्ष रुपमा ५००० जनालाई रोजगार दिएको छ भने ५० करोड  रुपैया निरब्याजे रुपमा राज्यकोषमा धरौटीको रुपमा २५ औ बर्षदेखि जम्मा गरिरहेका छ्न ।

प्रकाशित मिति: ०७:४१ बजे, शुक्रबार, भदौ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्