Kathmandu Press

गण्डकी प्रदेश र प्रदेश नं १ मा भारी बर्षाको सम्भावना 

गण्डकी प्रदेश र प्रदेश नं १ मा भारी बर्षाको सम्भावना 

काठमाडौं, भदौं १९ : आज प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

देशका अरु ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

राति पनि प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँबाहेक अरु ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

अहिले पानी पार्ने कुनै पनि प्रणाली नेपालमा नभएकोले देशका सबैजसो ठाउँमा ठूलो पानी वा झरी पर्ने सम्भावना छैन ।

प्रकाशित मिति: ०७:२६ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्