Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ४० जना कोरोना संक्रमित 

काठमाडौं, भदौं १९ : गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा...
गण्डकी प्रदेशमा थपिए ४० जना कोरोना संक्रमित 

काठमाडौं, भदौं १९ : गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

संक्रमितमा नवलपरासी पूर्वका १७ जना, कास्कीका १६, लमजुङका ३, तनहुँका २ तथा बागलुङ र स्याङ्जाका १–१ जना रहेका छन्।

 यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ । 
 

प्रकाशित मिति: ०७:०९ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्