जुम्लाका सिडिओलाई कोरोना संक्रमण
जुम्ला, भदौ १८ : जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६...
जुम्ला, भदौ १८ : जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।
जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेसन अनुमगन आफूमा कोरोना संक्रमण भएको उनले बताएका छन्।
प्रजिअ थापालाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए।
संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन्।
प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











