Kathmandu Press

कोरियामा पहिलो पटक नेपालीमा कोरोना, १८ जना संक्रमित 

सउल, भदौ १८ : दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा...
कोरियामा पहिलो पटक नेपालीमा कोरोना, १८ जना संक्रमित 

सउल, भदौ १८ : दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। 

चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा संक्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ।

कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन्। परीक्षणपछि उनमा कोरोना संक्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

संक्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ। रासस
 

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, भदौ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्