Kathmandu Press

धरहरा पुनः निर्माणको क्रममा पर्खाल भत्किँदा एक घाइते

काठमाडौं, भदौ १८ : काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किँदा एक जना घाइते भएक छन्। घाइते हुनेमा डोजर चालक २३ वर्षीय...
धरहरा पुनः निर्माणको क्रममा पर्खाल भत्किँदा एक घाइते

काठमाडौं, भदौ १८ : काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किँदा एक जना घाइते भएक छन्। 

घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ। पर्खाल भत्किँएर डोजरसहित शाह च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। दुर्घटनामा अन्य मानवीय क्षति भने भएको छैन। 

भूकम्पले भत्काएपछि अहिले धरहरा पुनःनिर्माण चलिरहेको छ। साविक गोश्वारा हुलाक रहेको क्षेत्रसमेत जोडेर धरहराको परिसर फराकिलो बनाउने क्रममा उक्त घटना भएको हो। 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, भदौ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्