Kathmandu Press

बिहीबार देशभरबाट नौ सय १७ जना कोरोनामुक्त

बिहीबार देशभरबाट नौ सय १७ जना कोरोनामुक्त

काठमाडौं, भदौ १८ : गत २४ घण्टामा नौ सय १७ जना कोरोनामुक्त भएका छन्।

योसँगै हालसम्म देशभर कोरोनामुक्त हुनेको संख्या २४ हजार दुई सय सात पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म सात लाख ३१ हजार ८५२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। 

त्यस्तै गत घण्टामा १३ हजार ४१३ पीसीआर परीक्षण गरिएको छ। साथै, देशभर सकृय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ।

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्