Kathmandu Press

पुल्चोकमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट

ललितपुर, भदौ १८ : ललितपुरस्थित पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीले स्थानीय युवालाई अवरोध गरेपछि युवाको समूहले एक जना ट्राफिक प्रहरीमाथि कुटपिट...
पुल्चोकमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट

ललितपुर, भदौ १८ : ललितपुरस्थित पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीले स्थानीय युवालाई अवरोध गरेपछि युवाको समूहले एक जना ट्राफिक प्रहरीमाथि कुटपिट गरेका छन्।

युवाको समूहले ड्यूटीमा खटिएका प्रहरी कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेका हुन्।

निषेधाज्ञाको समयमा रथ तान्ने भिडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। सोही क्रममा कार्यक्षेत्रमा खटिएका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घात कुटपिट गरेका हुन्।

कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा घिमिरे भाग्दै गर्दा विभिन्न व्यक्तिले पिछा गर्दै कुटपिट गरेको देखिन्छ। 

घिमिरेको अल्का अस्प्तालमा भइरहेको छ। अस्पतालका अनुसार उनको टाउको र हातमा चोट लागेको छ।

लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञाको समयमा रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए। सोही निर्देशन अनुरुप प्रहरी भिड नियन्त्रण गर्न पुगेको थियो।

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्