Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, भदौ १८ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।  बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, भदौ १८ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।  

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिए। 

उनका अनुसार चितवनकी ४०, भक्तपुरकी ४०, तनहुँकी ९२ र रुपन्देहीकी ७२ वर्षीया महिला तथा सिन्धुपाल्चोकका ७७ र रुपन्देहीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।  योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५७ पुगेको छ।

यस्तै, बिहीबार नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २४ हजार २०७ जना निको भएर घर फर्किएका छन्।

 प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१७ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्