Kathmandu Press

काठमाडौं उपत्यकामा बिहीबार थपिए ४४५ जना कोरोना संक्रमित 

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा बिहीबार थपिए ४४५ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ १८ : काठमाडौं उपत्यकामा थप ४४५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप  ४४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ३५७, ललितपुरका ४६ र भक्तपुरका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। संक्रमितमध्ये २४ हजार २०७ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर ९१७ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्