थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ १८ : नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। संक्रमितमध्ये २४ हजार २०७ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म २५७ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर ९१७ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











