Kathmandu Press

होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने

काठमाडाैं, भदाै १८ : होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने भएका छन्।नयाँ मापदण्डअनुसार होटल तथा रेष्टुरेन्टले दिउँसो १...
होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने

काठमाडाैं, भदाै १८ : होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने भएका छन्।

नयाँ मापदण्डअनुसार होटल तथा रेष्टुरेन्टले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाउने भएका हुन्।

होटल तथा रेष्टुरेन्टलेमा ग्राहक आउन र बस्न भने पाउने छैनन्।

डेलीभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ हुनु पर्ने र सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्नुपर्ने छ।

सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलीभरीकर्ताको विवरण भने प्रशासनमा बुझाउनु पर्छ।

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्