Kathmandu Press

श्रीलंकामा बम विस्फोट, मृत्यु हुनेको संख्या १८५ पुुग्यो

काठमाडौं, वैशाख ८ : श्रीलंकामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या एक सय ८५ पुगेको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार, मृतकको संख्या बढ....

श्रीलंकामा बम विस्फोट, मृत्यु हुनेको संख्या १८५ पुुग्यो
एजेन्सी

काठमाडौं, वैशाख ८ : श्रीलंकामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या एक सय ८५ पुगेको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार, मृतकको संख्या बढ्दै गएको छ। कयौं घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ।

आज बिहान श्रीलंकाको राजधानी कोलोम्बो र आसपासमा ६ वटा विस्फोट भएका थिए। जसमा तीन वटा चर्चमा र तीन वटा पाँचतारेमा होटलमा गरिएको कोलोम्बो प्रहरीले जनाएको छ।

.................            .....................          .....................

काठमाडौं, वैशाख ८ : श्रीलंकाको राजधानी कोलोम्बोस्थित तीन चर्च र तीन पाँच तारे होटलमा श्रृंखलाबद्ध विस्फोट भएको छ। विस्फोटमा ४० जनाभन्दा बढीको मृत्यु र दुई सयभन्दा बढी घाइते भएको समाचारमा जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज बिहान लगातार विस्फोट गरिएको हो। श्रीलंकाको डेली मिररका अनुसार, कोच्चिकाडे, काटना र बाट्टीकालो चर्चमा विस्फोट गरिएको हो।

त्यस्तै, त्यही समयमा कोलोम्बोका तीनवटा पाँच तारे होटलमा पनि विस्फोट गरिएको छ। पाँचतारे होटल द सांग्रिला, सिन्नामोन ग्रान्ड र किन्ड्सबरीमा विस्फोट गरिएको हो।

पाँचतारे होटलको क्षतिको विवरण आएको छैन्। चर्चमा भएको विस्फोटमा ४० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ।

मृत्यु हुने अधिकांस बिहान प्राथर्नाका लागि गएका भक्तजन रहेको जनाएको छ।

 

प्रकाशित मिति: ११:५० बजे, आइतबार, वैशाख ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्