कर्मचारीमा कोरोना देखिएपछि मन्त्रालय सिल, मन्त्री होम-आइसोलेसनमा
वीरेन्द्रनगर, भदौ १८ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सिल गरिएको छ।मन्त्रालयमा कार्यरत तीन जना सशस्त्र...
वीरेन्द्रनगर, भदौ १८ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सिल गरिएको छ।
मन्त्रालयमा कार्यरत तीन जना सशस्त्र प्रहरी, एकएक जना नेपाल प्रहरी, सवारी चालक र कार्यालय सहयोगीमा कोरोना देखिएको छ। उनीहरुलाई कोरोना देखिएपछि कामकाज बन्द गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयमा कार्यरत अन्य कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ। उनीहरुको रिपोर्ट आएपछि मात्रै कामकाज सुरु गरिने मन्त्रालयका प्रवक्ता तुल खड्काले बताए।
प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारी होम आइसोलेसनमा बसेका छन्। त्यस्तै, अन्य कर्मचारी पनि होम आइसोलेसनमा बसेको प्रवक्ता खड्काले बताए।
प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)