Kathmandu Press

खराब मौसमको कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकोप्टर पोखराबाटै फर्कियो

बागलुङ, भदौ १८ : बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकोप्टर मौसम खराबका कारण पोखराबाट फर्किएको छ ।गृहमन्त्रीसहित...
खराब मौसमको कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकोप्टर पोखराबाटै फर्कियो

बागलुङ, भदौ १८ : बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकोप्टर मौसम खराबका कारण पोखराबाट फर्किएको छ ।

गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकोप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो। 

बागलुङको ढोरपाटनका बाढीपीडितका लागि राहत लिएर गएको हेलिकोप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। उनका अनुसार मौसम अनुकूल भएपछि हेलिकोप्टर पुनःराहत लिएर ढोरपाटन प्रस्थान गर्नेछ। हेलिकोप्टरमा दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री रहेको जनाइएको छ। 

गएराति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ। त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गाडी जान नसकेपछि थप उद्धार टोलीसहित पैदल नै घटनास्थलतर्फ गइरहेका छन्। प्रहरी र सेनाको टोलीले अहिले उद्धार कार्य जारी राखेका छन्।

उनका अनुसार प्राप्त प्रारम्भिक विवरणमा बाढीबाट यहाँ ३६ जना हराएकामा ११ जनाको शव प्राप्त भएको छ। नगरपालिकाको चार वटा वडामा बढीले क्षति भएको उनले जानकारी दिए।

प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्