Kathmandu Press

गण्डकी प्रदेशका सांसद मोहन रेग्मीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशसभाका सांसद मोहन रेग्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
गण्डकी प्रदेशका सांसद मोहन रेग्मीलाई कोरोना संक्रमण

पोखरा, भदौ १८ : गण्डकी प्रदेशसभाका सांसद मोहन रेग्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि सांसद रेग्मीले परीक्षणका लागि स्वाब दिएका थिए। बिहीबार बिहान आएको परीक्षणको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।

कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर सांसद रेग्मीले भदौ १४ गते स्वाब दिएका थिए। सांसद रेग्मीको स्वास्थ्य सामान्य रहेको छ।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्