Kathmandu Press

आत्महत्या गरेकी महिलामा कोरोना संक्रमण पुष्टि

महोत्तरी, भदौ १८ : महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले...
आत्महत्या गरेकी महिलामा कोरोना संक्रमण पुष्टि

महोत्तरी, भदौ १८ : महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी ८७ वर्षीया महिलामा कोरोना संक्रमणको रिपोर्ट आएको जानकारी दिए।

ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो। मृत्युपश्चात् उनी कोरोना संक्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताए। यसअघि मृतक महिलाको घरका अन्य तीन जना सदस्यमा भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्