Kathmandu Press

रातो मछिन्द्रनाथको रथ तान्ने युवा र प्रहरीबीच झडप

ललितपुर, भदौ १८ : निषेधाज्ञाको समयमा ललितपुरका युवालहरुले रातो मछिन्द्रनाथको रथ तानेपछि युवा र प्रहरीबीच झडप भएको छ। प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध...
रातो मछिन्द्रनाथको रथ तान्ने युवा र प्रहरीबीच झडप

ललितपुर, भदौ १८ : निषेधाज्ञाको समयमा ललितपुरका युवालहरुले रातो मछिन्द्रनाथको रथ तानेपछि युवा र प्रहरीबीच झडप भएको छ। 

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध जनाएकोले झडप भएको हो। भिड नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा हान्ने ट्यांक ल्याएपछि युवाहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए।

साथै प्रहरीले भिड नियन्त्रणमा लिन केही सेल अश्रु ग्याससमेत हानेको छ।

प्रकाशित मिति: १३:५२ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्