पर्साका थप ६९ सहित ११० जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, भदौ १८ : पर्सामा थप ६९ सहित ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा पर्साका ६९ जनासहित...
वीरगञ्ज, भदौ १८ : पर्सामा थप ६९ सहित ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा पर्साका ६९ जनासहित थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ६९ जना पर्साका, बाराका २४ र रौतहटका १७ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
उनका अनुसार ५ सय ७६ जनाको स्वाब नमुना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित डेढ वर्षीय बालकदेखि ८० वर्षीय वृद्धसम्म रहेका छन्।
प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











