Kathmandu Press

कञ्चनपुरका कांग्रेस नेता सिंहमा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेस कञ्चनपुरका नेता मिन बहादुर सिंहमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि...
कञ्चनपुरका कांग्रेस नेता सिंहमा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेस कञ्चनपुरका नेता मिन बहादुर सिंहमा कोरोना संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि उनलाई महाकाली अस्पतालमा राखिएको छ। 

कांग्रेस कञ्चनपुरका पुर्व सह–सचिवसमेत रहेका सिंह यसअघि पार्टीका विभिन्न काममा सहभागी भएका थिए। 

आफुमा संक्रमण पुष्टि भएपछि उनले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई परीक्षण गराउन आग्रह गरेका छन्।

प्रकाशित मिति: ११:२० बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्