बारा, पर्सा र रौतहटका थप एक सय १० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ १८ : नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार राति आएको रिपोर्ट अनुसार...
काठमाडौं, भदौ १८ : नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार राति आएको रिपोर्ट अनुसार पर्साका ६९, बाराका २४ र रौतहटका १७ जनामासंक्रमण पुष्टि भएको हो।
जसमध्ये वीरगन्ज महानगरपालिकाका ४९, बहुदरमाई नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकामा सात र पोखरीया नगरपालिकाका चार जना रहेका छन्।
यस्तै बाराको कलैया उपमहानगरपालिकाका २४ जना र रौतहटको यमुनामाई गाउँपालिकाका १७ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या दुर्इ हजार तीनसय ४४ पुगेको छ।
प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











