नेकपा सचिवालय बैठक दिउँसाे ३ बजे सारियो
काठमाडौं, भदौ १८ : आज बिहान बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक दिउँसो ३ बजे सारिएको छ।राष्ट्रिय सभामा पठाउन सदस्यबारे छलफल गर्न...
काठमाडौं, भदौ १८ : आज बिहान बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक दिउँसो ३ बजे सारिएको छ।
राष्ट्रिय सभामा पठाउन सदस्यबारे छलफल गर्न आज बिहान ११ बजे सचिवालय बैठक बोलाइएको थियो। बिहान बोलाइएको बैठक दिउसो ३ बजे सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
राष्ट्रिय सभामा राष्ट्रिपतिले मनोनित गर्ने सदस्यका विषयमा नेकपाभित्र विवाद रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा.युवराज खतिवडालाई नै पठाउने पक्षमा छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य सदस्य उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्नुपर्ने पक्षमा छन्।
पछिल्लो पटक उपाध्यक्ष गौतमले पनि राष्ट्रिय सभामा जाने इच्छा जनाएका छन्। यस अघि उनले राष्ट्रिय सभामा जान अस्वीकार गरेका थिए। आजको बैठकमा यहि विषयमा छलफल हुने नेकपाले जनाएको छ।
राष्ट्रिपतिबाट राष्ट्रिय सभामा एक जनालाई मनोनित गर्न बाँकी छ। अर्थमन्त्री डा.खतिवडाको पदावधि भदौ २१ गते सकिँदै छ।











