बुटवलमा कोरोनाबाट थप एक जना वृद्धाको मृत्यु
बुटवल, भदौ १८ : कोरोना भाइरसको संक्रमणबाट बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना बृद्धाको मृत्यु भएको छ।अस्पतालका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका ११...
बुटवल, भदौ १८ : कोरोना भाइरसको संक्रमणबाट बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना बृद्धाको मृत्यु भएको छ।
अस्पतालका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया बृद्धाको आज बिहान साढे ४ बजे उपचारका क्रममा मृत्यु भएको हो। उनी ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन्।
उनी बुधबार साँझ अस्पताल आएको र कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले बताए। आईसीयू खाली नहुँदा फिवर क्लिनिकमै भर्ना गरेर उपचार भइरहेको थियो।
प्रकाशित मिति: १०:०३ बजे, बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











