Kathmandu Press

चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाडौं, भदौं १८ : चितवन मेडिकल कलेजमा उपचारत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो ।

भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनीको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १र१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रकाशित मिति: ०७:३५ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्