Kathmandu Press

केही सेवा सहजीकरण गर्दै उपत्यकामा थप एक हप्ता निषेधाज्ञा, के गर्न पाउने/के नपाउने ?

काठमाडौं, भदौं १८ : आजबाट उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ।गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का...
केही सेवा सहजीकरण गर्दै उपत्यकामा थप एक हप्ता निषेधाज्ञा, के गर्न पाउने/के नपाउने ?

काठमाडौं, भदौं १८ : आजबाट उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ।

गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिए बाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो।

यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो। उक्त आदेश भदौ १० गते राति १२ बजे सकिएपछि आज राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो।  

आज उक्त समय सकिन लागेकाले केही सेवा सञ्चालन गर्न पाउने गरी पुनः एक साता निषेधको आदेश थपिएको हो। यही भदौ २४ गते राति १२ बजेसम्म उक्त आदेश कायम रहनेछ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० तथा सरकारको निर्देशन बमोजिम आदेश जारी गरिएको हो।


प्रकाशित मिति: ०७:१४ बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्