Kathmandu Press

भारतमा हालसम्मकै वढी कोरोना संक्रमित थपिए 

काठमाडौं, भदौं १८ : भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार यो समाचार तयार पार्दासम्म ८२ हजार...
भारतमा हालसम्मकै वढी कोरोना संक्रमित थपिए 

काठमाडौं, भदौं १८ : भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म ८२ हजार ८६० जना संक्रमित भएका छन् । भारतमा थपिएका यी संक्रमितको संख्या हालसम्मकै वढी हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०६:५० बजे, बिहीबार, भदौ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्