रुपन्देहीमा आईसीयूमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल, भदौ १७ : रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट बुटवल उपमहानगरपालिका–६ सब्जीमण्डीका ५७ वर्षीय पुरुषको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत ती पुरुष मुटुका रोगी रहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए।
उनका अनुसार ती पुरुषलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो। यस्तै, मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको सूचना अधिकारी पोखरेलले बताए।
प्रकाशित मिति: १८:४१ बजे, बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











