Kathmandu Press

प्रदेश १ मा थप एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १७ : प्रदेश १ मा बुधबार थप एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सुनसरीका ७१, मोरङका ४७, झापाका...
प्रदेश १ मा थप एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १७ : प्रदेश १ मा बुधबार थप एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये सुनसरीका ७१, मोरङका ४७, झापाका ११, भोजपुरका तीन, पाँचथरका एक जना रहेका छन्। त्यस्तै प्रदेश बाहिरका चारजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ९१ पुगेको छ। 

साथै शनिबारसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ८७ जना पुगेको छ। 

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्