सक्रिय संक्रमितको संख्या ५०० नाघे निषेधाज्ञा, २०० नाघे लकडाउन

काठमाडौं, भदौ १७ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले ५०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेधाज्ञाा जारी गर्न सिफारिस गरेको छ।
संक्रमणको जोखिम न्यूनीकरण गर्न २०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा लकडाउन गर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार हालसम्म काठमाडौं, ललितपुरसहित १२ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ।
त्यस्तै, मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ।
प्रकाशित मिति: १७:१३ बजे, बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











