Kathmandu Press

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप

काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ। बुधबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक...
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप

काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ। 

बुधबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो। 

तर, यसपटक केही सेवा सञ्चालनका लागि छुट दिइएको छ। यसअघि पनि निषेधाज्ञाको समयमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा भने रोक लगाइएको थिएन। 

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन्।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन्।

यसअघि काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेपछि भदौ ३ देखि निषेधाज्ञा जारी गरिएको थियो। त्यसपछि भदौ १० गते फेरि थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको थियो। 

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्