Kathmandu Press

काठमाडौं उपत्यकामा बुधबार थपिए ३८८ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप  ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा बुधबार थपिए ३८८ जना कोरोना संक्रमित

काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंका ३५०, ललितपुरका २९  र भक्तपुरका ९  जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, बुधबार नेपालमा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट २५१ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर १११२ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्