Kathmandu Press

लमजुङमा थप १८ जनामा कोरोना संक्रमण

लमजुङमा थप १८ जनामा कोरोना संक्रमण

लमजुङ, भदौ १७ : बुधबार लमजुङमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जिल्ला प्रशासन कार्यालय, लमजुङका अनुसार बुधबार गरिएको परीक्षण १८ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

संक्रमितहरुमध्ये बेसीशहरमा १३ जना र सुन्दरबजारका पाँच जना रहेका छन्। उनीहरुमा कुनै लक्षण नभएको जनाएको छ।

योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या दुई सय ३३ पुगेको छ।

 

प्रकाशित मिति: १४:२४ बजे, बुधबार, भदौ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्