Kathmandu Press

चट्याङ लागेर एकको मृत्यु

बागलुङ, भदौ १७ : बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ...
चट्याङ लागेर एकको मृत्यु

बागलुङ, भदौ १७ : बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बुढा घर नजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा मंगलबार साँझ चट्याङले लागेर बेहोस भएका थिए। बेहोस अवस्थामा लडिरेहेका बुढालाई स्थानीयले उद्धार गरी घरमा लगेका थिए।

सोही अवस्थामा उनको गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्