Kathmandu Press

सुनसरीमा थप ६७ जनामा कोरोना संक्रमण

इटहरी, भदौ १७ : सुनसरीमा आज बिहान ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीका अनुसार बुधबार बिहान आएको परीक्षण रिपोर्टमा...
सुनसरीमा थप ६७ जनामा कोरोना संक्रमण

इटहरी, भदौ १७ : सुनसरीमा आज बिहान ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीका अनुसार बुधबार बिहान आएको परीक्षण रिपोर्टमा इटहरी उपमहानगरपालिकाका ५८ जनासहित ६७ जनामा कोराना संक्रमण देखिएको हो।

जसमा ६० पुरुष र सात महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीकी फोकल पर्सन सिर्जना लिङथेपले बताइन्।

स्वास्थ्य कार्यालयका अनुसार इटहरीका ५८ जना, धरानका सात, भोक्राहा र इनरुवाका एकएक जना रहेका छन्। योसँगै सुनसरीमा संक्रमितको संख्या आठ सय ३० पुगेको छ।

बुधबारसम्म तीन सय ८५ संक्रमित निको भएका छन्। कोरोनाबाट सुनसरीमा ६ जनाले ज्यान गुमाएका छन्।

 

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्