Kathmandu Press

मर्स्याङ्दी नदीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी जारी

दमौली, भदौ १७ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ। सशस्त्र...
मर्स्याङ्दी नदीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी जारी

दमौली, भदौ १७ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ। सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए। ‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ।’

प्रहरी उपरीक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो। 

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्