घरमाथि खसेको ढुंगा लागेर आमाको मृत्यु, छोरी घाइते

पाल्पा, भदौ १७ : पहिराे जाँदा घरमाथि खसेको ढुंगाले लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
घरमा बसिरहेको वेला ढुंगाले लागेर पाल्पाको माथागढी गाउँपालिका ७ रहवासकी २९ वर्षीय समीक्षा चौहानको मृत्यु भएको हो। उनको बुटवल सिटि अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
ढुङ्गाले लागेर समीक्षाकी तीन वर्षीया छोरी करिष्मा गम्भीर घाइते भएकी छन्। उनको बुटवलस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १२:२१ बजे, बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











