Kathmandu Press

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ १७ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंको मौतिदेवी निवासी ७६ वर्षीय पुरुष र तनहुँकी २०...
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ १७ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

काठमाडौंको मौतिदेवी निवासी ७६ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएकाे छ। 

सुगर र प्रेसरको रोग भएका ७५ वर्षीय पुरुष भदौं १५ गते अस्पताल भर्ना भएका थिए।

त्यस्तै मिर्गौलाको डायलायसिस गराउँदै आएकी महिला भदौ १६ गते अस्पताल भर्ना भएकी थिइन। 

दुवै जनाको अस्पतालकाे सघन उपचार कक्षमा उपचार भइरहेको थियो।

प्रकाशित मिति: ११:३० बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्