Kathmandu Press

बारा र पर्सामा थपिए ६३ कोरोना संक्रमित

वीरगन्ज, भदौ १७ : बारा र पर्सामा ६३ कोरोना संक्रमित थपिएका छन्। मंगलबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो।अस्पतालका...
बारा र पर्सामा थपिए ६३ कोरोना संक्रमित

वीरगन्ज, भदौ १७ : बारा र पर्सामा ६३ कोरोना संक्रमित थपिएका छन्। मंगलबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो।

अस्पतालका अनुसार थपिएका संक्रमितहरुमध्ये ५० जना बाराका र १३ जना पर्साका रहेका छन्। अस्पतालमा चार सय ९० नमुना परीक्षण गरिएको थियो।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार संक्रमितहरु पाँचदेखि ७० वर्षसम्मका रहेका छन्। उनीहरुमध्ये बाराको कलैया उपमहानगरका ४५ जना रहेका छन्।

त्यस्तै, पर्साको बहुदरमाई नगरपालिकाका आठ जना र वीरगञ्ज महानगरपाकिलाका २१ जना रहेका छन्।

प्रकाशित मिति: १०:२४ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्